शुक्रबार, चैत १६, २०८०

मीनलाई सफलता मिल्ने, अन्य राशिको कस्तो छ आज ?

मेरोन्यूज २०७९ मंसिर २२ गते ६:३०


काठमाडौं । आजको पात्रो : २२ मंसिर २०७९, बिहीबार । तद्नुसार डिसेम्बर महिनाको ८ तारिक २०२२ । मार्गशुक्ल पक्ष पूर्णिमा, उधौली पर्व, यःमरि पुन्हि रहेको छ । रोहिणी नक्षत्र, साध्य योग, वव करण, चन्द्रमा वृष राशिमा रहेको छ ।

आज बिहान सूर्योदय ६ः४३ मा हुनेछ भने सूर्यास्त ५ः१० मा हुनेछ । आज पूर्णिमा भएकाले विशेष दिन हो । आजको दिन साँझको समयमा शिवालय, देवालय यात्रा गर्नु उत्तम हुनेछ । आजका देवता सावित्री र ग्रहदेव शुक्र हुन् । 

बिहीबार पूर्णिमा पनि परेकाले आजको दिन बनेको कार्ययोजना सफल हुनेछ । अध्ययन, अध्यापन, अनुसन्धानको कामको शुरुवात गर्न सकिन्छ । आजको दिन कुनै नयाँ व्यवसाय र तथा केही नयाँ क्षेत्रमा लगानी गर्न पनि दिन उत्तम रहेको छ । आजको दिन शुभ छ, त्यसमध्ये पनि विहान ११ः३५ देखि १२ः१६ सम्मको समय अभिजित मुहूर्त रहेको छ । विहीबारको दिन बंगलामुखी मन्दिरको दर्शन गर्ने प्रचलन रहेको छ ।

आजको राशिफल :
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
तपाईलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च व्यक्तिबाट सम्मान प्राप्त हुने छ । आजको दिन तपाईको मनमा खुसी छाउने छ । आजको दिनमा परिवारका सदस्यलाई कुनै नयाँ अध्ययन सामग्री खरिद गरेर दिनुहोला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
तपाईलाई आज आकस्मिक धनलाभ हुनेछ । व्यापारबाट सोचभन्दा बढी आर्थिकलाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । बंगलामुखी दर्शनले दाम्पत्य जीवनमा खुसियाली छाउने छ । चन्द्रमाको साथ रहेको छ । सूर्योदय दर्शन गर्नुहोला ।

Advertisement

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
धनलाभ र नयाँ नयाँ खबरले तपाईको मनमा खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । 

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
कर्कट राशिका जातकका लागि तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । अध्ययन अध्यापनमा मन लगाउनु होला । तपाईको सोच अनुसारका काम नहुँदा नकारात्मक धारणा आउनसक्छ । त्यसैले आजको दिन मौन रहनु, नियमित काम बाहेक अन्य काममा त्यति धेरै ध्यान नदिनुहोला ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
सिंह राशिका जातकले बिहान सूर्योदयको दर्शन गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईको लागि शुभ हुनसक्छ । आजको दिन मौन रहन उत्तम हुनेछ ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
तपाईको लागि आज यात्रा गर्नुपर्ने हुनसक्छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
मानसिक असन्तोष र सोच अनुसारको काम नहुँदा मनमा चिन्ता थप हुनसक्छ । मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापारमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । आजको दिन गणेशको मन्दिरको दर्शन गरेर काम शुरु गर्दा शुभ हुन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । तपाईको कामबाट सफलता प्राप्त हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ । साथ सहयोग कसैको नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु जानुहोला । कसैसँग विवाद नगर्नुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आजको दिन तपाईले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ ।  धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ  विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ । आजको दिन परिवारको सदस्यहरुबीच सम्बन्ध प्रकाढ हुनेछ ।   

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।सामाजिक काममा मन जानेछ । तपाईले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् । आजको दिन कुनै नयाँ काम गर्न सक्नुहुनेछ । नयाँ कार्यको थालनी गर्न सक्नुहुनेछ ।    

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
बिहीबारका दिन मीन राशिमा जातकले सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम हुनेछ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशि भएका व्यक्तिले आजको दिन कुनै नयाँ पुस्तक खरिद र लेखनका काम गर्नसक्नुहुन्छ । विद्यार्थी बर्गको लागि विहीबारको दिन कुनै काम शुरु गर्दा सफलता प्राप्त हुनेछ । 

प्रतिक्रिया