शनिबार, वैशाख ८, २०८१

प्रतिनिधिसभा समानुपातिक : ११० मा ३४ जना मात्रै पुरुष निर्वाचित हुने (सूचीसहित)

मेरोन्यूज २०७९ मंसिर २१ गते २१:५३

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक तर्फ निर्वाचित हुने ११० सांसदमध्ये ३४ जना मात्रै पुरुष पर्ने भएका छन् । कम्तीमा ७६ जना त दलहरुले महिलालाई नै स्थान दिनुपर्ने भएको छ ।

संविधानले नै कम्तीमा ३३ प्रतिशत महिला अनिबार्य हुनुपर्ने ब्इवस्था गरेको कारण समानुपातिक तर्फबाट ७६जना महिला प्रतिनिधिसभामा निर्वाचित हुन लागेका हुन् ।

त्यसो हुँदा जम्मा ३४ जना मात्रै पुरुष निर्वाचित हुनेछन् ।

सवैभन्दा बढी पुरुष एमालेले १५ जना पुरुष निर्वाचित गर्न सक्नेछ । कांग्रेसले ३ जना मात्रै पुरुष निर्वाचित गराउन पाउनेछ । त्यस्तै माओवादी केन्द्रले २ जना मात्रै पुरुष निर्वाचित गराउन पाउनेछ । राष्ट्रिय स्वतन्त्र पार्टीले ८ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीले २, जनता समाजवादी पार्टीले १ र जनमत पार्टीले ३ जना पुरुष समानुपातिक सांसदका रुपमा निर्वाचित गराउन पाउनेछ ।

निर्वाचित हुने ३४ स्थान हासिल गरेको नेकपा एमालेले कम्तीमा १९ जना महिला निर्वाचित गर्नुपर्नेछ । त्यसैगरी नेपाली कांग्रेसले २९, नेकपा माओवादी केन्द्रले १२, राष्ट्रिय स्वतन्त्र पार्टीले ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५, जनता समाजवादी पार्टीले ४ र जनमत पार्टीले २ महिलालाई समानुपातिकतर्फ प्रतिनिधित्व गराउनु पर्छ ।

प्रतिक्रिया