मंगलबार, चैत ६, २०८०

सीके राउतको म्याराथन दौड जारी : ओली, उपेन्द्र र महन्थसँग भेट

मेरोन्यूज २०७९ मंसिर २१ गते २१:१८

काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सप्तरी २ बाट निर्वाचित सांसद चन्द्रकान्त (सिके) राउतको म्याराथन दौड आज पनि जारी छ । सप्तरी २ बाट निर्वाचित भएर काठमाडौं आएपछि उनको दौडधुप तीव्र छ । उनले यो वीचमा प्रधानमन्त्री, राष्टपति, माओवादी केन्द्रका अध्यक्ष, माधव नेपाललगायतका नेताहरुसँग भेटवार्ता गरिसकेका थिए ।

सत्ता गबठन्धन दलका नेताहरुसँग अलिक बढी भेटघाट गरिरहेका सिकेले सरकारमा जाने संकेत र वचन प्रधानमन्त्री शेरवहादुर देउवालाई दिईसकेका छन् । उनले सत्ता गठबन्धन दलका नेताहरुलाई साथ दिने बताईरहेका छन् ।


यही वीच आज बुधबार भने उनी आफैले चुनाव हराएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव देखि एमाले अध्यक्ष केपी ओली र लोसपाका अध्यक्ष महन्थ ठाकुरसग भेटवार्ता गरेका छन् ।

राउतले आज एकै दिन ओली, उपेन्द्र र महन्थ ठाकुरसँग भेटवार्ता गरेका हुन् ।

भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।

Advertisement

प्रतिक्रिया