मंगलबार, चैत ६, २०८०

प्रतिनिधिसभा समानुपातिक : कुन दलले कुन क्लस्टरबाट कति प्रतिनिधित्व गराउनु पर्छ ?

मेरोन्यूज २०७९ मंसिर २१ गते २१:०१

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक तर्फको मतगाण्ना सकेर सिट बाँडफााट समेत गरेर बुधबार मात्रै राजनीतिक दलहरुलाई तीन दिनभित्र सांसद छनौट गरी नाम पठाउन पत्राचार गरेको छ । आयोगले दलहरुलाई कुन क्लष्टरबाट कति प्रतिनिधित्व गराउनुपर्ने ब्यहोरासहितको पत्र पठाएको हो ।

त्यस आधारमा समानुपातिक र्फ सवैभन्दा ठूलो दल बनेको एमालेले ३४ सांसदमध्ये आदिवासी जनजातितर्फ १०, खसआर्यमा ११, थारुमा २, दलित ५, मधेसी ५, मुस्लिममा १ र पिछडिएको क्षेत्रमा १ जना प्रतिनिधित्व गराउनुपर्ने छ ।

त्यसैगरी नेपाली कांग्रेसले ३२ सीटमध्ये आदिवासी जनजातीतर्फ ९, खस आर्यतर्फ १०, थारुमा २, दलित ५, मधेसी ५, मुस्लिम १ र पिछडिएको क्षेत्रमा १ जना प्रतिनिधित्व गराउनुपर्ने छ ।

त्यसैगरी, नेकपा माओवादी केन्द्रले प्राप्त गरेको १४ स्थानमा जनजाती आदिवासी ४, खसआर्य ४, थारु १, दलित २, मधेस २, मुस्लिम १ र पिछडिएको क्षेत्रको १ रहेको छ । त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको १३ स्थानमा आदिवासी जनजातीतर्फ ३, खसआर्यमा ४, थारु १, दलित २, मधेसी २, मुस्लिम १ र पिछडिएको क्षेत्रमा १ जना रहेको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी प्राप्त गरेको ७ जनामध्ये आदिवासी जनजातीतर्फ न्युनतम २ र अधिकतम ३, खास आर्यमा न्यूनतम २ र अधिकतम ३, थारुमा बढीमा १, मधेसीमा न्युनतम १ देखि बढीमा २, मुस्लिममा बढीमा १ रहेको छ ।

Advertisement

त्यसैगरी जनता समाजवादी पार्टीको ५ जनामा आदिवासी जनजातीमा १ देखि २ जना, खस आर्यमा १ देखि २ जना, दलितमा बढीमा १ जना, मधेशमा बढीमा १, मुस्लिम बढीमा १ रहेको छ । त्यसैगरी जनमत पार्टीले आदिवासी जनजातीमा १ देखि २ जना, खस आर्यमा १, थारुमा बढीमा १, दलितमा बढीमा १ जना पठाउन पाउने छन् ।

समानुपातिकमा १० सिटभन्दा कम पाउने दलहरुका लागि भने फरक व्यवस्था छ ।

प्रतिक्रिया