मंगलबार, चैत ६, २०८०

प्रदेश सभामा माओवादी : ५ प्रदेशमा तेस्रो, मधेसमा पाँचौं र कर्णालीमा दोस्रो

मेरोन्यूज २०७९ मंसिर २१ गते २०:३०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभातर्फ प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फको सिट संख्यामा तेस्रो स्थानमा आफनो पोजिसन बनाएको छ । प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरी कुल ३२ सिटसहित माओवादी केन्द्रको प्रतिनिधिसभामा उपस्थिती रहने छ ।


प्रतिनिधिसभामा तेस्रो रहेको माओवादी प्रदेश तर्फ पनि ५ वटा प्रदेशमा तेस्रो पोजिसनमै रहेको छ । मधेस प्रदेशमा पाँचौं र कर्णाली प्रदेशमा भने दोस्रो ठूलो दल बनेको छ ।

प्रत्यक्ष तथा समानुपातिक दुवै गरी माओवादीको यो पोजिसन प्रदेश सभामा निर्धारण भएको हो ।

प्रदेश १ मा समानुपातिक तर्फको मात्र हिसाव गर्ने हो भने माओवादी चौथो स्थानमा थियो । समानुपातिक तर्फ प्रदेश १ मा राप्रपाको भन्दा पनि तल्लो अवस्थामा माओवादी थियो । तर प्रत्यक्षमा माओवादीले ९ स्थानमा जित निकालेकोले उसको पोजिसन तेस्रो मै रहेको हो ।

प्रदेश १ मा माओवादीले प्रत्यक्षमा ९ र समानुपातिकतर्फ ४ सिट गरी कुलमा १३ सिट सहित तेस्रो पोजिसनमा रहने भएको छ । यो प्रदेशमा एमाले पहिलो दल बनेको छ । दोस्रोमा कांग्रेस र तेस्रोमा माओवादी बनेको हो ।

Advertisement

मधेस प्रदेशमा भने माओवादी पाचौं स्थानमा छ । एमाले, कांग्रेस, जनता समाजवादी र जनमत पार्टी भन्दा माओवादीको पोजिसन तल्लो भएको छ । यो प्रदेशमा माओवादीको कूल ८ सांसद मात्रै रहनेछन् । माओवादीले मधेस प्रदेशमा प्रत्यक्ष चुनाव जितेका ४ र समानुपातिक तर्फबाट ४ सांसदको प्रतिनिधित्व हुन लागेको हो ।

बागमतिमा पनि माओादी तेस्रँे पोजिसनमा रहने भएको छ । प्रत्यक्ष तर्फ एमाले भन्दा एक सिट बढी जितेर दोस्रो पोजिसनमा रहेको माओवादी समानुपातिकमा भने एमालेको तुलनामा आधा मात्र सिट संख्या जितेको छ । अर्थात एमालेले समानुपातिकबाट १४ सांसद पाइरहादा माओवादीले ७ जना मात्रै समानुपातिक सांसद जिताउन सफल भएको छ । माओवादीको प्रत्यक्ष १४ र समानुपातिक ७ गरी बागमति प्रदेशमा २१ सांसद हुनेछ । यो संख्या बागमति प्रदेशको तेस्रो पोजिसनको हो ।

गण्डकीमा पनि माओवादी तेस्रो पोजिसनमा रहने भएको छ । गण्डकीमा प्रत्यक्षमा ५ क्षेत्र जितेको माओवादीले समानुपातिकतर्फ ३ गरी कुलमा ८ सांसद सहित उपस्थित जनाउने छ । यो संख्या गण्डकीको प्रदेश सभामा तेस्रो पोजिसनको हुने छ ।

लुम्बिनीमा पनि माओवादी तेस्रो पोजिसनमै रहनेछ । लुम्बिनीमा पनि माओवादीको ८ सिट मात्रै रहनेछ । प्रत्यक्षमा ४ र समानुपातिक मा ४ गरी माओवादीको यो प्रदेशमा पनि कुलमा ८ सांसद हुनेछन् । कर्णालीमा भने माओवादी एमाले भन्दा ठूलो दलका रुपमा रहनेछ । काग्रेस पछि माओवादी दोस्रो पोजिसनमा रहनेछ । कर्णालीमा एमालेले प्रत्यक्षमा ९ र समानुपातिकमा ४ गरी कुलमा १३ सांसदसहितको उपस्थितीमा रहनेछ ।

सुदुरपश्चिममा भने माओवादी र एमाले बराबरी सांसद सहित प्रदेश सभामा सहभागी हुनेछन् । एमाले र माओवादी दुवैको यो प्रदेशमा १० , १० सांसद हुनेछन् । माओवादीले प्रत्यक्षमा ८ र समानुपातिकमा २ सिट गरी कुलमा १० सिटसहित उपस्थिती हुनेछ । यो प्रदेशमा एमालेले प्रत्यक्षमा जम्मा ३ र समानुपातिकतर्फ ७ गरी १० सांसद सहभागी हुनेछन् ।

प्रतिक्रिया