बिहीबार, वैशाख १३, २०८१

यु-१८ अन्तर्राष्ट्रिय रग्बी शनिवारदेखि

मेरोन्यूज २०७९ मंसिर २१ गते १८:१४

काठमाडौं । एशिया रग्बी संघको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा यु–१८ अन्तर्राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता शनिवारदेखि हुने भएको छ ।


प्रतियोगितामा पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहने बुधवार आयोजित पत्रकार सम्मेलनमा रग्बी संघका महासचिव चेतनराज गिरीले जानकारी दिए ।

पुरुषमा नेपाल, दक्षिण कोरिया, थाइल्याण्ड, युएई, बंगलादेश, भारत, चाइनिज ताइपेइ र मलेसियाले लिग कम नकआउट आधारमा प्रतिष्पर्धा गर्नेछन् ।

महिलामा नेपाल, भारत, युएई, मलेसिया र थाइल्याण्डले राउण्ड रोविन लिगका आधारमा खेल्नेछन् । राउण्ड रोविनमा शीर्ष दुई स्थानमा रहने टोलीले पुनः उपाधिका लागि भिड्नेछन् ।


राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव एवं एशिया रग्बीका सदस्य टंकलाल घिसिङले अन्तर्राष्ट्रिय प्रतियोगिताले खेलाडीले एक्पोजर पाउनुका साथै राष्ट्रको पर्यटन प्रवद्र्धन र अर्थतन्त्र बृद्धिमा टेवा पु¥याउन पनि महत्वपूर्ण योग्दान पु¥याउने धारणा व्यक्त गरे ।

रग्बी संघका अध्यक्ष दीपक देवकोटाले प्रतियोगिता सञ्चालन गर्न १ करोडमाथि बजेट खर्च हुने र त्यसमा ५७ लाख नेपाल रग्बी संघले व्यवस्थापन गर्ने जानकारी दिए ।

उनका अनुसार बाँकी रकम एशिया रग्बीले व्यहोर्ने छ । नेपाली टोलीको सम्पूर्ण खेल पोशाक गोक्यो वेयरले प्रायोजन गर्ने भएको छ । गोक्योका प्रोप्राइटर समिर केसीले कार्यवाहक अध्यक्ष देवकोटालाई पोशाक हस्तान्तरण गरे ।


सोही अवसरमा नेपाली टोलीका खेलाडीहरुको नाम पनि सार्वजनिक गरिएको थियो । पुरुषमा रोहन डंगोल (कप्तान), मनीष हिङमांग (उप कप्तान), विकास कार्की, मोशेष सुनार, चन्द्रदेव जोशी, गणेश बानियाँ, नविनबहादुर मगर, विरास रेग्मी, सन्दिपकुमार राई, एएमपी चौधरी, अवी राई र प्रसेश पनेरु रहेका छन् ।

महिलामा मनिशा घिसिङ (कप्तान), सुजा राई (उप कप्तान), विदिशा राई, ज्योति बोम्जन, श्रीषा लोप्चन, मिनाक्षी अधिकारी, पुष्पा खड्का, आरजु शेर्पाली सुनार, पूजा बालमपाखी, सम्झौता तुम्बापो, सिर्जना छन्त्याल र सुमा योञ्जन छन् ।

दुई दिने प्रतियोगतिाका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता हुन लागेको हो ।

प्रतिक्रिया