शुक्रबार, चैत १६, २०८०

कोका-कोला फाउन्डेसनको सहयोगमा क्रिएसनद्वारा शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

मेरोन्यूज २०७९ मंसिर २१ गते १६:०४

काठमाडौं । कोका–कोला फाउन्डेसनको आर्थिक सहयोगमा क्रिएसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा रहेको मनमोहन कार्डियो–थोरासिकभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईं, शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्ले, मनमोहन अस्पतालका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठ, नेपाल र भुटानका लागि कोका–कोलाका कन्ट्रीे डाइरेक्टर आदर्श अवस्थी, भारत र दक्षिण पश्चिम एसियाका लागि सस्टेनिबिलिटी र सिएस्आर डिरेक्टर राजेश अयापिल्ला, क्रिएसनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्र र कोका–कोला बोटलर्स नेपाल लिमिटेडका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा हस्तान्तरण समारोह सम्पन्न भएको हो ।


एक पटकमा ५० जनासम्म बिरामीलाई सेवा दिन सकिने यस अक्सिजन प्लान्टबाट प्रति सेकेन्ड २४० लिटर अक्सिजन उत्पादन गर्न सकिन्छ । अक्सिजन प्लान्ट स्थापनाको लागि क्रिएसन र कोका–कोला फाउन्डेसनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देव कुमारी गुरागाईले धन्यावाद दिएकी थिइन् ।

“कोभिड महामारीले हामीलाई स्वास्थ्यजन्य विपतहरुबाट बच्न सदैव तयारी अवस्थामा रहनुपर्छ भन्ने कुराको महसुस गराएको छ । स्वास्थ्य सेवा क्षेत्रमा यस्तो सक्रिय संघ–संस्थाहरूकोे सहयोग पाउँदा हामी निकै खुसी छौँ ।” गुरागाईले भनिन् ।


त्यस्तै स्वास्थ्य सेवाको महत्वलाई आत्मसात गर्दै सेवा विहीन समुदायलाई सहयोग प्रदान गर्ने उद्देश्यले अक्सिजन प्लान्ट स्थापना गरिएको कोका–कोला फाउन्डेसनले जनाएको छ ।

Advertisement


कोका–कोला फाउन्डेसनको यो सहयोगले स्वास्थ्य क्षेत्रमा भएको संकटलाई सम्बोधन गरि पूर्वाधारलाई बलियो बनाउन ठूलो मद्दत गर्ने मनमोहन अस्पतालले जनाएको छ ।


व्रिmएसनका संस्थापक र अध्यक्ष आनन्द मिश्रले भने, “अक्सिजन चाहिने बिरामीहरुलाई यसरी अक्सिजन प्लान्ट प्रदान गर्न पाउँदा हामीलाई खुशी लागेको छ । यसले अस्पतालमा भएको अक्सिजनको कमीलाई धेरै हदसम्म समाधान गर्ने आशा गर्दछौँ ।”
त्रिवि शिक्षण अस्पतालविस १९८३ मा स्थापना भएको थियो । यो त्रिभुवन विश्वविद्यालय (टियू) को चिकित्सा संस्थान(आइओएम) को एउटा अभिन्न अंग हो । ७०० शैयाको सुविधा भएको त्रिवि शिक्षण अस्पताल नेपालको लोकप्रिय सरकारी अस्पताल हो । यस अस्पतालले विभिन्न चिकित्सा अनुसन्धान परियोजनाहरू सञ्चालन गर्दै आएको छ भने नेपालमा बायो मेडिकल र स्वास्थ्य विज्ञान अनुसन्धान (बिएच्एस्आर) मा पनि ठूलो टेवा प्रदान गर्दै आएको छ ।


२२ वटा छुट्टा–छुट्टै विभागहरू भएको त्रिवि शिक्षण अस्पतालले आधारभूत चिकित्सा सेवा तथा सर्जिकल समस्याहरू देखि लिएर क्यान्सरवार्डको साथै मुटुको शल्यक्रिया र मृगौला प्रत्यारोपण सम्बन्धि सेवाहरू प्रदान गर्दै आएको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा संस्थान (आइओएम) अन्तर्गत विस २०६६ वैशाख १३ गते स्थापना भएको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर (एमसिभिटिसि) मा मुटु तथा फोक्सोको विशेषज्ञ उपचार सेवा उपलब्ध छ ।

प्रतिक्रिया