बिहीबार, वैशाख १३, २०८१

१३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार आरोपमा दुई जना युवक पक्राउ

मेरोन्यूज २०७९ मंसिर २१ गते १५:३९

कैलाली । चार दिन अगाडी एक १३ बर्षिय बालिकामाथी सामुहिक बलत्कार आरोपमा दुई जना पक्राउ परेका छन् । घटना कैलालीको हो । कैलालीको गोदावरी नगरपालिकाकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा स्थानीय दुई जना युवालाई प्रहरीले हिजो पक्राउ गरेको हो ।

चार दिनअघि स्थानीय सेहरी जंगलमा बालिकामाथि सामूहिक बलात्कार भएको थियो । बलात्कार आरोपमा स्थानीय १९ वर्षीय विनोद खत्री र २४ वर्षीय नवीन चौधरीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार बलात्कृत बालिकाको स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको र आरोपितको जिल्ला अदालतबाट म्याद थप भएर प्रक्रिया अघि बढेको छ ।

प्रतिक्रिया