बिहीबार, वैशाख १३, २०८१

चोलेन्द्रको महाभियोग निस्कृय भएपछि बारको आकस्मिक बैठक बस्दै

मेरोन्यूज २०७९ मंसिर २१ गते १३:१४

काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निस्कृय भएपछि नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ।
बारले आकस्मिक बैठक बोलाएर जबरालाई सर्वोच्च जानबाट कसरी रोक्नेबारे छलफल गर्न लागेको हो। बार अध्यक्ष गोपालकृष्ण घिमिरेले आफू बैठकमा जान लागेको र बैठकपछि के गर्ने भन्ने निर्णय गरिने जानकारी दिए। ‘मैले पनि भर्खरै संसद्ले महाभियोग निस्कृय भएको पत्र दिएको जानकारी पाएँ। बैठक बस्दै छ।
उनले बैठकले कसरी अघि बढ्ने निर्णय गर्ने बताए ।
जबराले संसद् सचिवालयमा निवदेन दिएका थिए। निवेदनको जवाफ दिँदै संसद्का महासचिव डा। भरतराज गौतमले जबरालाई महाभियोग प्रस्ताव निस्कृय भएको पत्र आजै दिएका हुन्। उक्त पत्र पाएपछि जबरा आजै कार्य सम्पादनका लागि सर्वोच्च फर्किंदै छन्।

गत वर्ष फागुन १ गते जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनको पद निलम्बनमा परेको थियो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत दलका सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

प्रतिक्रिया