शुक्रबार, वैशाख ७, २०८१

टिपरको ठक्करबाट डेढ वर्षीय बालक गम्भीर घाइते

मेरोन्यूज २०७९ मंसिर २१ गते १२:१५


काठमाडौं । पर्साको वीरगन्जमा टिपरको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् । वीरगन्ज महानगरपालिका १४ स्थित टिपरको ठक्करबाट स्थानीय गोविन्द काफ्लेका डेढ वर्षीय छोरा गौरव घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते बालकलाई उपचारको लागि चितवन पठाइएको प्रहरीले बताएको छ । ना ३ ख ७४ २३ नम्बरको टिपरले हिजो बेलुकी ७ बजे बालकलाई ठक्कर दिएको थियो । 

टिपर चालक फरार रहेकाले खोजी भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ  । 

प्रतिक्रिया