बुधबार, वैशाख १२, २०८१

विश्वकप लिग टु :नेपालले आज नामिबियासँग खेल्दै

मेरोन्यूज २०७९ मंसिर २१ गते १०:१७

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज घरेलु टोली नामिबियासँग खेल्दैछ । नेपाल र नामिबियाबीचको खेल आज दिउँसो पौने २ बजे युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा सुरु हुनेछ ।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित यस शृंखलामा नेपालको यो तेस्रो खेल हो । नेपाल र नामिबियाबीच यसअघिको खेल वर्षाले प्रभावित हुँदा नतिजा विहीन बनेको थियो, जसले गर्दा दुवैले अंक बाँडेका थिए । यस्तै दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो ।

पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको नामिबियाले नेपालसँग अंक बाँडेको थियो भने त्यसपछि स्कटल्याण्डलाई हराएको थियो ।

प्रतिक्रिया