शनिबार, वैशाख ८, २०८१

कतार विश्वकप २०२२

स्विट्जरल्यान्डविरुद्ध गोलको बर्षा गर्दै पोर्चुगल क्वाटरफाइनलमा

पोर्चुगलका लागि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेलेका गोन्कालो रामोसको विश्वकपमा ह्याट्रिकको दुर्लभ उपलब्धि

मेरोन्यूज २०७९ मंसिर २१ गते ३:१७

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा स्विट्जरल्यान्डविरुद्ध गोलको बर्षा गर्दै पोर्चुगल क्वाटरफाइनलमा पुगेको छ ।

कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेर खेल सुरुवात गराएको पोर्चुगलले क्वाटरफाइनलमा स्थान पक्का गर्ने क्रममा अन्तिम १६ को खेलमा ६-१ को फराकिलो जित दर्ता गरेको छ ।

पोर्चुगलको जितमा फरवार्ड गोन्कालो रामोसले ह्याट्रिक गरेका थिए । क्रिस्टियानो रोनाल्डोको स्थान लिएका उनले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेका थिए ।

त्यस्तै, पोर्चुगलका लागि राफाएल गुरेरो, राफाएल लिआअ‍ो र पेपेले १-१ गोल थपेका थिए ।

१७ अ‍ौं मिनेटमा रामोसले जोआअ‍ो फेलिक्सको पासलाई सदुपयोग गर्दै पेनाल्टी क्षेत्र भित्रबाट गोल गरे । उनले बायाँ खुट्टाले गरेको प्रहार निअर पोस्टमा गोल भएको थियो ।

कार्यवाहक कप्तान पेपेले ३३ अ‍ौं मिनेटमा अग्रता दोब्बर पारे । ब्रुनो फर्नान्डेसको कर्नरमा पेपेले ६ यार्ड बक्स भित्रबाट हेडरमार्फत गोल गरेका थिए ।

५१ अ‍ौं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गरे । उनले डालोटको क्रसलाई पहिलो टचमा गोलरक्षक यान सोमरको खुट्टा मुनिबाट गोल गरेका थिए । ५५ अ‍ौं मिनेटमा राफाएल गुरेरोले रामोसकै पासमा गोल गरे । त्यसको केहीबेरमै म्यानुएल अकान्जीले स्विट्जरल्यान्डका लागि गोल फर्काए ।

६७ अ‍ौं मिनेटमा रामोसले ह्याट्रिक पूरा गरे । पोर्चुगलका लागि पहिलो पटक अन्तर्राष्ट्रिय खेलमा सुरुवात गरेका उनले विश्वकपमा ह्याट्रिकको दुर्लभ उपलब्धि हासिल गरे । इन्ज्युरी समयमा लिआअ‍ोले गुरेरोको पासमा गोल गर्दै खेलमा पोर्चुगलको गोल संख्या आधा दर्जन पुर्याए ।

पोर्चुगलले अब क्वाटरफाइनलमा मोरक्कोको सामना गर्नेछ । मोरक्कोले अन्तिम १६ को खेलमा स्पेनलाई टाइब्रेकरमा ३-० ले पराजित गरेको थियो ।

प्रतिक्रिया