मंगलबार, वैशाख ४, २०८१

समानुपातिकबाट कुन दलले कति सिट पाए ?

मेरोन्यूज २०७९ मंसिर २० गते २०:३९

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मत गणना सकिएसँगै सिट संख्या टुंगो लागेको छ ।

निर्वाचन आयोगका अनुसार मंगलबार साँझ समानुपातिकतर्फ मत गणना सकिएको हो । आयोगका अनुसार प्रत्यक्षमा ४४ सिट जितेको एमाले समानुपातिकतर्फ ठूलो दल बनेको छ । उसले समानुपातिकतर्फ ३४ सिट पाउने भएको छ ।

त्यस्तै, प्रत्यक्षतर्फ ५७ सिट जितेर पहिलो दल बनेको कांग्रेसले ३२ सिट पाउने भएको छ । प्रत्यक्षतर्फ १८ सिट जितेर तेस्रो बनेको नेकपा माओवादी केन्द्रले १४ सिट पाएको छ ।

त्यस्तै, सबैभन्दा कान्छो दल राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा १३ सिट पाएको छ । प्रत्यक्षमा उसले ७ सिटमा जित हात पारेको छ ।

प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रपाले समानुपातिकमा ७ सिट पाउँदा जनमत पार्टी र जसपाले ५–५ सिट समानुपातिकमा पाएका छन् । प्रत्यक्षतर्फ जनमतले १ र जसपाले ७ सिटमा जित हात पारेको छ ।

यो पनि पढ्नुहोस्

समानुपातिक मतका आधारमा सात दल मात्रै बन्यो राष्ट्रिय दल (सूचीसहित)

प्रतिक्रिया