शनिबार, वैशाख १५, २०८१

साढे १८ हजार मत नपुग्दा नेकपा एस राष्ट्रिय दल बन्न बञ्चित

मेरोन्यूज २०७९ मंसिर २० गते १८:५७

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत गणना सम्पन्न भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले समानुपातिकतर्फको मत गणना सकिएको जानकारी दिएका हुन् ।

अन्तिम मत परिणामअनुसार सात दलले कूल सदर मतको ३ प्रतिशत कटाएका छन् । थ्रेस होल्ड कटाउन आवश्यक तीन लाख १६ हजार ८०२ मत कटाउन सफल भएका सात दल राष्ट्रिय पार्टी बन्न सफल भएका छन् ।

जसमा नेकपा एमालेबाट विभाजन भएको दल एकीकृत समाजवादी भने राष्ट्रिय दल बन्न असफल भएको छ । कूल १० सिट प्रत्यक्षमा जिते पनि उसले समानुपातिकमा सदर मतको ३ प्रतिशत मत पाउन सकेन ।

उसले दुई लाख ९८ हजार ३९१ मत पाउँदा राष्ट्रिय दल बन्नका लागि १८ हजार ४११ मत अपुग भएको आयोगले जनाएको छ ।
 

प्रतिक्रिया