बिहीबार, चैत १५, २०८०

रुपन्देही २ मा पुनः मतदानको माग, घण्टीका उम्मेदवारले सर्वोच्चमा हाले रिट

मेरोन्यूज २०७९ मंसिर २० गते १८:३३

काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर २ मा पुनः मतदानको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार गणेश पौडेलले रिट दर्ता गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले नेकपा एमालेका उम्मेदवार विष्णु पौडेललाई अनियमित रुपमा निर्वाचित भएको घोषणा गरेको आरोप लगाउँदै उनले रिट हालेको हो ।

रास्वपाका पौडेल एमालेका उपाध्यक्षसमेत रहेका पौडेलसँग एक हजार ३६६ मतान्तरले पराजित भएका थिए । निर्वाचन परिणाम सार्वजनिक भएको ११ दिनपछि उनी सर्वोच्चमा पुगेका हुन् ।

उनले निर्वाचन अधिकृतको कार्यालय रुपन्देही २, आयोगको केन्द्रीय कार्यालय र निर्वाचित सांसद विष्णु पौडेलसहित ८ निकायविरुद्ध रिट हालेका छन् ।

Advertisement

प्रतिक्रिया