शनिबार, वैशाख १५, २०८१

युक्रेनी राष्ट्रपति जेलेन्स्की स्लोभियान्स्क भ्रमणमा

मेरोन्यूज २०७९ मंसिर २० गते १७:२१

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मङ्गलबार पूर्वी डोनेट्स्क क्षेत्रको भ्रमणमा निस्किएका छन् ।

रूसी सेनाले हालै आफ्नो सैन्य आक्रमणलाई केन्द्रित गरेको त्यस क्षेत्रमा उनको भ्रमण भएको हो । सामाजिक सञ्जालमा रहेको भिडियोमा जेलेन्स्की शीत कालीन कोट लगाएर युक्रेनको नीलो र पहेँलो रङमा शहरको नाम स्लोभियान्स्क भएको ठूलो चिन्हको छेउमा उभिएर मारिएका युक्रेनी सैनिकहरूको सम्झनामा एक क्षण मौनधारणा गरेका थिए ।

जेलेन्स्कीले भिडियोमा भनेका छन्, ‘मेरो हृदयदेखि नै म तपाईंलाई यो महान छुट्टी, सशस्त्र सेना दिवसको अवसरमा बधाइ दिन्छु ।’

युक्रेनका नेताले नौ महिनाभन्दा बढी लामो लडाईपछि थुप्रै फ्रन्टलाइन क्षेत्रहरूको भ्रमण गरेका छन् । जसमा हालै युक्रेनी सेनाले कब्जा गरेको दक्षिणमा खेरसन पनि समावेश छ ।

सन् २०१४ मा रूसी समर्थित पृथकतावादीहरूले आंशिक रूपमा कब्जा गरेको स्लोभियान्स्क, बाख्मुटको लगभग ४५ किलोमिटर (२८ माइल) उत्तरमा अवस्थित छ । सो क्षेत्र खेरसनको पतनपछि युद्धको केन्द्र बनेको छ ।

प्रतिक्रिया