शुक्रबार, वैशाख १४, २०८१

न्यायाधीश भुवन गिरीमाथि बलात्कार आरोप, प्रहरीले थाल्यो अनुसन्धान

मेरोन्यूज २०७९ मंसिर २० गते १४:४४

काठमाडौँ । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप लागेको छ । उनीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोपबारे अनुसन्धान भएको हो ।

पीडितले न्यायाधीश गिरीले बन्धक बनाएर यौन शोषण गरेको उजुरी दिएसँगै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले उनीमाथि अनुसन्धान सुरु गरेको हो । पीडितले न्यायाधीशविरुद्ध कपिलवस्तु प्रहरीमा उजुरी दिएकी थिइन् ।

कपिलवस्तुको प्रहरी कार्यालयले उजुरी लिन नमानेपछि पीडित महिला एक साताअघि राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेकी थिइन् । दुवै आयोगले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानबिन गर्न निर्देशन दिएसँगै अनुसन्धान सुरु भएको हो ।

राष्ट्रिय मानव अधिकार आयोग, न्यायपरिषद सचिवालय र राष्ट्रिय महिला आयोगले समेत सोधपुछ र अनुसन्धान थालेसँगै न्यायाधीश गिरी बिदामा बसेका छन् । जिल्ला प्रहरी कार्यालयले मानव अधिकार आयोगको पत्राचारका आधारमा छानबिन सुरु भएको बताएको छ ।

प्रतिक्रिया