बिहीबार, वैशाख १३, २०८१

लागुऔषधसहित ५ जना पक्राउ

मेरोन्यूज २०७९ मंसिर २० गते १३:१९


काठमाडौँ । कैलालीबाट अवैध लागुऔषधसहित ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ बस्ने २४ वर्षीय रोशन शाहसहित ४ जना रहेका छन् ।

रामपुरबाट खटिएको प्रहरीले कैलारी गाउँपालिका–७ रामपुर  बस्ने रामशरण चौधरीको घरमा तलासी गर्दा ब्राउनसुगर १ ग्राम ९ सय मिलिग्राम बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको नेपाल प्रहरीले जारी सूचनामा उल्लेख गरिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया