मंगलबार, वैशाख ११, २०८१

बलिउड अभिनेता विवेक ओबरायकाे परिवार नेपाल भ्रमणमा आउँदै

मेरोन्यूज २०७९ मंसिर २० गते १२:४७

काठमाडौं । बलिउड अभिनेता विवेक ओबराय नेपाल भ्रमणका लागि आगामी मंसिर २८ गते काठमाडौं आइपुग्ने भएका छन् ।
एक भिडियो सन्देश जारी गर्दै उनले आफू सपरिवार नेपाल भ्रमणमा आउन लागेको बताएका छन् ।

‘नेपालसँग भारतको सम्बन्ध हजारौं वर्षदेखि धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपमा बलियो छ,’ भिडियोमा ओबरायले भनेका छन्, ‘हामी नेपाली र नेपाली हामी जस्तै छौं । २० वर्षको अभिनय करिअरमा नेपाली फ्यानले दिएको मायालाई सम्झिंदै नेपाल घुम्न आउन लागेको छु ।’

उनले लुम्बिनीमा आयोजना हुने मिट एण्ड ग्रीट कार्यक्रममा भाग लिनेछन् ।त्यसपछि श्रीमती प्रियंका अल्वा, छोरा भिभान र छोरी अमेयासहित सगरमाथा आधार शिविर, पोखरा र काठमाडौंको पशुपतिनाथ लगायतका ठाउँ घुम्ने उनको योजना सुनाएका छन् ।

प्रतिक्रिया