शुक्रबार, वैशाख ७, २०८१

समानुपातिकको अन्तिम मतमरिणाम आज आउँदै,अहिलेसम्म कुन दल कुन स्थानमा ?

मेरोन्यूज २०७९ मंसिर २० गते ६:५४

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकर्फको मतगणना आज सकिने भएको छ ।

मंगलबार बिहानसम्म एक करोड चार लाख ७८ हजार ७३५९ मतगणना भएको छ । जसमा नेकपा (एमाले) अग्रस्थानमा छ । उसले २८ लाख १४ हजार ६५५ मत मत पाएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रसले २६ लाख ८८ हजार २१८ मत पाएको छ । तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ६४ हजार १०२ मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८१६ मत पाएको छ । सिके राउतको जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९५४ मत पाएको छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले भने २ लाख ९६ हजार ९० मत मात्र पाएको छ ।

प्रतिक्रिया