शुक्रबार, चैत १६, २०८०

दोलखामा माओवादीका कार्कीको अग्रता कायमै

मेरोन्यूज २०७९ मंसिर १७ गते २१:४०

दोलखा । जिल्लामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीले अग्रता कायमै राखेका छन् ।

हालसम्म कूल २७ हजार ४१७ मत गणना हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका कार्कीले १२ हजार ४९० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ११ हजार ४०६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

यस्तै, दोलखाको प्रदेशसभा १ मा २२ हजार ५५६ मत गणना हुँदा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले १० हजार ६६९ मत प्राप्त गरेका छन् । एमालेका नरबहादुर श्रेष्ठले नौ हजार २११ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा २ मा २७ हजार ४८१ मत गणना हुँदा एमालेका भरत केसीले १२ हजार ३३७ र कांग्रेसका बर्मा लामाले १२ हजार २२० मत प्राप्त गरेका छन् ।

Advertisement

प्रतिक्रिया