बिहीबार, वैशाख ६, २०८१

स्याङ्जा २ मा धनराज विजयी

मेरोन्यूज २०७९ मंसिर १७ गते २१:२७

काठमाडौँ । स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ विजयी भएका छन् ।

शनिबार राति सकिएको मत गणनाअनुसार उनले ३१ हजार ४६६ मत पाएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पदमा अर्यालले २५ हजार ८३९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ८ हजार ११३ मत पाएका छन् ।

प्रतिक्रिया