शुक्रबार, वैशाख १४, २०८१

कैलालीमा स्कारपियोले अटोलाई ठक्कर दिँदा तीन जना घाइते

मेरोन्यूज २०७९ मंसिर १७ गते २०:५४

काठमाडौँ । कैलालीमा स्कारपियोले अटोलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।

शनिबार जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोले अटोलाई ठक्कर दिएपछि दुर्घटना भएको हो । 

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको गरेको बा १४ च ९५७६ नम्बरको स्कारपियोले विपरीत दिशाबाट आइरहेको से १ ह ९३३ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।

घाइते हुनेमा अटो चालक २९ वर्षीय दिपक वादी, अटोमा पछाडि सवार अन्दाजी ३० वर्षीय हरिश वादी र अन्दाजी २४ वर्षीया कल्पना वादी रहेका छन् । घाइते तिनै जनालाई उपचारको लागि कोहलपुर मेडिकल कलेज लगिएको छ।

प्रतिक्रिया