शुक्रबार, चैत १६, २०८०

पत्रकार महासङ्घद्वारा भत्र्सना

मेरोन्यूज २०७९ मंसिर १७ गते २०:२८

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले पाथसिड नेपाल प्रालिद्वारा सञ्चालित उकेरा डटकमको सिएमएसमा प्रवेश गरी प्रकाशित सामग्री हटाएकोप्रति भत्र्सना जनाएको छ ।

उकेरा डटकमका अनुसार उपराष्ट्रपति नन्दकिशोर पुनका पुत्र दिपेश पुनको सहकारीसम्बन्धी समाचार, स्वतन्त्र पार्टी नेपालका अध्यक्ष रवि लामिछानेको नागरिकतासम्बन्धी केही समाचार र सुकुम्बासीसम्बन्धी समाचार हटाई अन्य असम्बन्धित समाचार पोष्ट गरिएको छ ।

महासङ्घले आज विज्ञप्ति जारी गरी प्रकाशित समाचारमाथि चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी दिने र अदालतसम्म जाने विकल्प हुँदाहुँदै प्रविधिको दुरुपयोग गरी सिएमएसमा प्रवेश गरी प्रकाशित समाचार हटाउने कार्यले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुग्नुका साथै साइबरसम्बन्धी कानूनको समेत गम्भीर उल्लङ्घन भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “प्रेस स्वतन्त्रताविरोधी यस्ता कार्यको कडा विरोध र भत्र्सना गर्दछ र कानूनविपरीत यस्ता कार्य गर्नेमाथि छानबिन गरी कारबाही गर्न तथा भविष्यमा यस्ता कार्य दोहोरिन नदिन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ ।”

Advertisement

प्रतिक्रिया