बिहीबार, वैशाख १३, २०८१

स्याङ्जा २ मा कांग्रेसका गुरुङको जित निश्चित

मेरोन्यूज २०७९ मंसिर १७ गते १९:३६

काठमाडौँ । स्याङ्जा २ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको जित निश्चित भएको छ ।

जारी मत गणनामा पाँच हजार २१७ मत गन्न बाँकी हुँदा गुरुङले पाँच हजार ९७५ को मतान्तर बनाएका छन् । यस क्षेत्रमा ७० हजार १९९ मत खसेको थियो ।

जसमा ६४ हजार ९५४ मत गणना भइसकेको छ । जसमध्ये कांग्रेस उम्मेदवार गुरुङले २९ हजार ५६६ मत पाएका छन् भने नेकपा एमालेकी सचिव पद्मा अर्यालले २३ हजार ५९१ मत पाएकी छन् ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले सात हजार ७५६ मत ल्याएका छन् । अब चापाकोट नगरपालिका ८, ९ र १० को मत गणना हुन बाँकी रहेको छ ।

प्रतिक्रिया