बिहीबार, चैत १५, २०८०

बँदेलको आक्रमणमा परी युवकको मृत्यु

मेरोन्यूज २०७९ मंसिर १७ गते १९:२०

काठमाडौँ । अछाममा बँदेलको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका ६ शोषशाका ४० वर्षीय केशर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई शनिबार बिहान घर नजिकै बँदेलले आक्रमण गरेको थियो । मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृप खड्काका अनुसार बँदेलकको आक्रमणबाट घाइते बोहराको उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक बोहरा मेल्लेख गाउँपालिकाको कार्यलयमा सहयोगी पदमा कार्यरत थिए ।

प्रतिक्रिया