शुक्रबार, वैशाख १४, २०८१

माधव नेपाल र कांग्रेस उपसभापति खड्काबीच भेट

मेरोन्यूज २०७९ मंसिर १७ गते १९:०८

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ र

भेटमा दुवै नेता प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा एक अर्कालाई बधाई दिएका थिए । भेटमा निर्वाचनको समीक्षा हुनुको साथै वर्तमान सत्ता गठबन्धनलाई नयाँ सरकार बनाउन निरन्तरता दिनेबारे छलफल भएको छ ।

यस्तै, अरु दलहरूलाई पनि गठबन्धनमा सहभागी गराउन पहल गर्ने गरी सकरात्मक छलफल भएको उप सभापति खड्काको निजी सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया