शुक्रबार, चैत १६, २०८०

खोलामा डुबेर १६ वर्षीय युवकको मृत्यु

मेरोन्यूज २०७९ मंसिर १७ गते १८:३८

काठमाडौँ । चितवनको शक्तिखोरस्थित कयर खोलामा पौडी खेल्दै गरेका एक जनाको डुबेर ज्यान गएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीका अनुसार कालिका नगरपालिका ९ शक्तिखोरको कयर खोला बाँधमा पौडी खेल्न गएका १६ वर्षीय मनिष श्रेष्ठको मृत्यु भएको हो ।

प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान सुरू गरेको जनाएको छ ।

प्रतिक्रिया