शुक्रबार, वैशाख ७, २०८१

फुजियानमा ५१ मिलियन अमेरिकी डलरको तस्करी वस्तु बरामद

मेरोन्यूज २०७९ मंसिर १७ गते १६:४०

काठमाडौँ । पूर्वी चीनको फुजियान प्रान्तका तटरक्षक अधिकारीले करिब ३६ मिलियन युआन (करिब ५१ मिलियन अमेरिकी डलर) मूल्य बराबरको करिब छ सय टन तस्करी गरिएका सामान बरामद गरेको छ ।

नोभेम्बरको शुरुमा तटरक्षक अधिकारीले सामानको तस्करी हुन लागेको गोप्य जानकारी पाएपछि फुजियानको राजधानी फुझाउको तटमा दुईवटा जहाजमाथि निगरानी बढाएको थियो ।

निगरानीपछि अवैध कारोबारमा संलग्न १४ संदिग्ध व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया