मंगलबार, वैशाख ११, २०८१

जिल्ला अस्पताल बैतडी प्रदेशकै उत्कृष्ट

मेरोन्यूज २०७९ मंसिर १७ गते १४:२६

काठमाडौँ । जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको स्थलगत अनुगमनमा अस्पताल उत्कृष्ट भएको हो ।

न्यूनतम सेवा मापदण्ड अनुगमनमा जिल्ला अस्पातलले ८९ प्रतिशत अंक ल्याएर प्रदेशकै प्रथम भएको अस्पतालका प्रमुख डा. दिपेश श्रेष्ठले बताए । वर्षमा दुईपटक हुँदै आएको अनुगमनमा गत वर्ष उक्त अस्पतालले ६३ प्रतिशत अंक ल्याएको थियो । अस्पताल यही मंसिरमा गरेको अनुगमनमा ८९ प्रतिशत अंक ल्याउँदै प्रथम हुन सफल भएको हो ।

विभिन्न मापदण्ड र सूचकका आधारमा अस्पताललाई अंक दिइएको जनाइएको छ । प्रशासन व्यवस्थान, क्लिनिकल सर्भिस, हस्पिटल सपोर्ट सिस्टममलाई आधार मानेर गरिएको अनुगमनमा प्रदेशकै प्रथम हुन सफल भएको अस्पतालका प्रमुख डाक्टर श्रेष्ठले बताए ।

न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट हुँदा आफूलाई निकै खुसी लागेको र अझै पनि अस्पतालको सेवालाई प्रभावकारी बनाउनेतर्फ लाग्ने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया