शुक्रबार, वैशाख १४, २०८१

मलेसियामा मन्त्रिपरिषद् विस्तार

मेरोन्यूज २०७९ मंसिर १७ गते १४:१५

काठमाडौं । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले शुक्रबार आफ्नो मन्त्रिपरिषद् विस्तार गरेका छन् । देशको सबै भागलाई प्रतिनिधित्व गराउँने अभिप्रायले दुईजना उपप्रधानमन्त्री नियुक्त गरेका छन् ।


एक टेलिभिजन भाषणमा प्रधानमन्त्री अन्वरले अर्थमन्त्रीको जिम्मेवारी भने आफैले सम्हाल्ने छन् । उनले सन् १९९१ देखि १९९८ सम्म पनि सो जिम्मेवारी सम्हालेका थिए।


युनाइटेड मलेस नेसनल अर्गनाइजेसन (युएमएनओ) का अध्यक्ष अहमद जाहिद हमीदी र उत्तरी बोर्नियो राज्य सारावाकका फदिल्लाह युसुफलाई उपप्रधानमन्त्री तोकेका छन् । प्रधानमन्त्री अन्वरले यसअघि उत्तरी बोर्नियो राज्य सबा र सारावाकलाई बढी प्रतिनिधित्व दिने वाचा गरेका थिए।


अन्य प्रमुख मन्त्रीहरूमा यातायात मन्त्रालयको प्रमुख एन्थोनी लोक सिउ फुक, अन्तरराष्ट्रिय व्यापार तथा उद्योग मन्त्री टेङ्कु जाफ्रुल टेङ्कु अब्दुल अजिज र विदेशमन्त्री जाम्ब्री अब्दुल कादिर लगायतका रहेका छन्।

प्रतिक्रिया