शुक्रबार, चैत १६, २०८०

कतार विश्वकप २०२२

३६ वर्षपछि विश्वकप जित्ने अर्जेन्टिनाको लक्ष्य रोक्ला अस्ट्रेलियाले ?

अर्जेन्टिना र अस्ट्रेलिया विश्वकपमा पहिलोपल्ट आज मध्यरात भिँड्दैछन

मेरोन्यूज २०७९ मंसिर १७ गते १३:५०

काठमाडौं । ३६ वर्षपछि विश्वकप जित्ने लक्ष्यमा अगाडि बढेको अर्जेन्टिना क्वाटरफाइनल पुग्न आज अस्ट्रेलियासँग प्रि-क्वार्टर फाइनल खेल खेल्दैछ । कतारमा जारी विश्वकपमा आज राती राति १२ः४५ बजे यी दुई टिम आमनेसामने हुँदैछन् ।

अर्जेन्टिनाका महान फुटवल खेलाडी ३५ वर्षीय मेसीले आफ्नो करिअरको अन्तिम विश्वकप अहिले खेल्दैछन् । उनले जित्न बाँकी रहेको फुटबलको एउटै मात्र प्रतियोगिता विश्वकप नै हो । जसकाकारण उनको टिमले आज अस्ट्रेलियालाई पन्छाउादैं अगाडी बढ्नै पर्नेछ ।

तर, अस्ट्रेलिया पनि पछिल्लो दुई खेल जितको रेकर्डलाई निरन्तरता राख्न चाहान्छ । अन्तरमहादेशीय छनोटमा अस्ट्रेलियाले दक्षिण अमेरिकी टिम पेरुलाई पेनाल्टी शुटआउटमा हराएर विश्वकपमा स्थान बनाएको थियो । उक्त प्लेअफ गत जुन महिनामा कतारकै अहमद बिन अली रंगशालामा जितेको थियो ।


अस्ट्रेलियाले अर्जेन्टिनाविरुद्ध पनि उही रंगशालामा प्रतिस्पर्धा गर्दै छ । विश्वकपमा पहिलोपल्ट यी दुई भिड्न लागेको हो । कन्फेडेरेन्स कप र मैत्रीपूर्णसहितमा यी दुईले ७ खेल खेलेका छन्, जसमा अर्जेन्टिनाले ५ खेल जितेको छ भने अस्ट्रेलियाले एक खेलमा सफलता पाएको छ । एक खेल बराबरी भएको थियो । पछिल्लोपल्ट मेलबर्नमा भएको मैत्रीपूर्ण खेल (सन् २००७) मा पनि अर्जेन्टिनाले अस्ट्रेलियालाई १–० ले पराजित गरेको थियो ।

यी दुई टिमका वीचमा रहेको यी ६ तथ्य बारे जानकारी लिऔं

Advertisement

तथ्य १
अर्जेन्टिना र अस्ट्रेलिया विश्वकप फुटबलमा पहिलोपल्ट आपसमा प्रतिस्पर्धा गर्न लागेका हुन् । उनीहरूले अमेरिका (सन् १९९४) मा भएको विश्वकपका लागि छनोटमा दुई लेगको प्ले–अफ खेलेका थिए, जसमा अर्जेन्टिना २–१ को जित निकाल्दै विश्वकपमा पुगेको थियो ।


तथ्य २
विश्वकपकको नकआउट चरणमा अर्जेन्टिनाले खेलेका १५ मध्ये ८ खेल अतिरिक्त समयमा पुगेको थियो ।

तथ्य ३
लियोनल मेसीले पोल्यान्डसँगको खेलसँगै विश्वकपमा अर्जेन्टिनाबाट सबैभन्दा बढी २२ खेल खेल्ने खेलाडीको कीर्तिमान बनाए । उनले डिएगो म्याराडोनाको २१ खेलको रेकर्ड सुधार गरेका हुन् । मेसी अस्ट्रेलियाविरुद्ध खेल्दै इटालीका पाउलो माल्दिनी (२३ खेल) सँग बराबरी गर्दै विश्वकप इतिहासमै बढी खेल खेल्नेमा तेस्रो स्थानमा पुग्न सक्छन् । माल्दिनी अगाडि मिरोस्लाभ क्लोज (२४ खेल) र लोथर म्याथ्युज (२५ खेल) छन् । यी दुवै जर्मन हुन् ।

तथ्य ४
अस्ट्रेलियाले विश्वकपमा पहिलोपल्ट लगातार दुई खेल जितेको हो । उसले लगातार दुई खेलमा क्लिन सिट राखेको पनि पहिलोपल्ट नै हो ।

तथ्य ५
अर्जेन्टिनाविरुद्ध मैदानमा उत्रँदै म्याथ्यु लेकी र म्याथ्यु रायन विश्वकपमा १० खेल खेल्ने पहिलो अस्ट्रेलियन खेलाडी हुन सक्छन् ।

तथ्य ६
अर्जेन्टिनाका कप्तान लियोनल मेसीले खेल जिवनीकै एक हजार खेल खेल्दै छन् । अहमेद विन अली मैदानमा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत प्रि–क्वार्टरफाइनल शनिबार एसियाली राष्ट्र अस्ट्रेलियासँग खेल्दा मेसीको फुटबल करिअरमा हजार खेल पूरा हुनेछ ।

प्रतिक्रिया