शनिबार, वैशाख ८, २०८१

नेकपा महासचिव विप्लवलाई मतृशोक

मेरोन्यूज २०७९ मंसिर १७ गते १२:३४

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई मातृशोक परेको छ । विप्लवकी आमा आशिकादेवी चन्दको निधन भएको छ । केही दिनयता अस्वस्थ रहेकी उनको आज बिहान ९ बजे निधन भएको हो ।

नेकपासहित माओवादी नेताहरूले मातृशोकमा परेका विप्लवसहित उनका परिवारप्रति समवेदना प्रकट गरेका छन् । चन्द परिवार रोल्पा जिल्लाको केवरीका हुन् ।

उनी अहिले कपिलबस्तुको शिवगढीमा बस्दैं आएका थिए ।

प्रतिक्रिया