बिहीबार, वैशाख ६, २०८१

पुटिनसँग वार्ता गर्ने बाइडेनको आसय छैनः ह्वाइटहाउस

मेरोन्यूज २०७९ मंसिर १७ गते ११:५१

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने कुनै आसय नरहेको बताएका छन् । ‘बाइडेनको रुसी राष्ट्रपति पुटिनसँग वार्ता गर्ने कुनै आशय छैन । पुटिनले पनि कुनै पनि वार्ता प्रति झुकाव राख्ने चासो देखाएका छैनन् ’, ह्वाइट हाउस नेसनल सेक्युरिटी एडभाइजर जोन किरबाइले सञ्चारकर्मीलाई भने ।

बाइडेनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको संयुक्त पत्रकार सम्मेलनमा क्रेमलिन नेताले “युद्ध अन्त्य गर्ने बाटो खोजिरहेका छन् भने“ युक्रेन आक्रमणको समाधानका लागि पुटिनसँग वार्ता गर्न इच्छुक रहेको बताएका थिए ।
तर, क्रेमलिनले बाइडेनको अस्थायी प्रस्तावलाई स्वीकार गरेन । क्रेमलिन , प्रवक्ता दिमित्री पेस्कोभले बाइडेनको शर्त “पुटिनले युक्रेनमा हमला गर्न छोडेपछि मात्र“ भएको बताए ।

यसैबीच किर्बीले पश्चिमले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुससँग वार्ता गर्न दबाब नदिएको बताए । युक्रेनी सेनाले आक्रमणकारी सेना विरुद्ध बारम्बार सफलता हासिल गरेको छ ।

प्रतिक्रिया