शुक्रबार, वैशाख १४, २०८१

कम्बोडिया पठाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

मेरोन्यूज २०७९ मंसिर १६ गते १७:३७

काठमाडौँ । वैदेशिक रोजगारका लागि कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी १० का २७ वर्षीय रामकृष्ण आचार्य रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

सामाजिक सञ्जालको माध्यामबाट पीडितहरुसँग सम्पर्क गरी आफू कम्बोडियास्थित होटेल सेक्युरिटी गार्डमा काम गरिरहेको भन्दै उनले २३ लाख ९७ हजार ठगी गरेको प्रहरीले आरोप लगाएको छ । 

कम्बोडियाको आकर्षक तलब सुविधासहितको सेक्युरिटी गार्डमा काम मिलाइदिने बहानामा आचार्यले प्रोसेसिङका लागि भन्दै २३ लाख ९७ हजार पीडितबाट बैंकमा जम्मा गर्न लगाएर ठगी गरेका हुन् ।

प्रहरीका अनुसार उनले विभिन्न व्यक्तिहरूको नाममा सञ्चालित बैंक खातामा पैसा जम्मा गर्न रकम जम्मा गर्न लगाएका थिए । पक्राउ परेका आचार्यलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंमा पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 
 

प्रतिक्रिया