शुक्रबार, वैशाख १४, २०८१

बीग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा छुट

मेरोन्यूज २०७९ मंसिर १६ गते १७:१३

काठमाडौँ । विद्युतीय कारोबारलाइ प्रबद्र्घन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्य गरी हरेक बुधबार र शनिबार तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको छ ।

यस छुट आफरअन्तर्गत ग्राहकहरूले तरकारी तथा फलपूmल खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम १५० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने छन् ।
स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले बीग मार्टको सम्पूर्ण शाखामा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् ।

यस अफरअन्तर्गत बीग मार्टको सम्पूर्ण शाखामा एन आई सी एशिया मो बैंक, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

प्रतिक्रिया