शनिबार, वैशाख १५, २०८१

आइएमई पेको डिशहोम नकआउट तीन सयमा वल्ड्र कप प्याकेज

मेरोन्यूज २०७९ मंसिर १६ गते १६:२८

काठमाडौँ । आइएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले डिशहोमको वल्र्ड कप प्याकेज मात्र तीन सय रुपैयाँमा आइएमई पे एपबाट खरिद गर्न सक्ने छन् ।

ग्राहकहरुले उक्त प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड प्रयोग गर्नु पर्ने हुन्छ । जसमार्फत ग्राहकहरूले वल्र्ड कप प्याकेजको पूर्ण मूल्य ५६५ रुपैयाँ तिर्दा २६५ रुपैयाँ क्यासब्याक स्वरुप फिर्ता पाउने छन् ।

यो अफर सिमित अवधिका लागि मात्र लागु हुनेछ । अफरमार्फत पहिलो तीन सय रुपैयाँ ग्राहकहरुले मात्र सो प्याकेज क्यासब्याकमा खरिद गर्न सक्ने छन् ।

प्रतिक्रिया