शुक्रबार, वैशाख १४, २०८१

२,३२६ मतले धनराजकाे अग्रता कायमै, पद्मा पछ्याउँदै

मेरोन्यूज २०७९ मंसिर १६ गते १०:५८

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–२ मा मतगणना जारी छ । नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणामानुसार गुरुङले १२ हजार ९५३ मत पाएका छन् । भने
नेकपा एमालेकी उम्मेदवार पद्माकुमार अर्यालले १० हजार ६२७ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । उनीहरूबीचको मतान्तर दुई हजार ३२६ छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार टिकराज गुरुङले पाँच हजार ६७६ मत पाएका छन् ।

प्रतिक्रिया