बिहीबार, वैशाख १३, २०८१

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी

मेरोन्यूज २०७९ मंसिर १६ गते ७:२९


काठमाडौं ।नेपाल रग्बी संघ र एसिया राग्बीको संयुक्त आयोजनामा यु-१८ एसिया रग्बी सेभेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा एसियाका ८ राष्ट्रको सहभागिता रहने नेपाल रग्बी संघका सचिव तथा प्रवक्त गोविन्द घिमिरेले जनाएका छन् । घिमिरेका अनुसार नेपालसहित भारत, चीन, ताईपेइ, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया, बंगलादेश र युएई सहभागी हुने छन् ।

पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहने छ । नेपाली रग्बीको इतिहासमा नेपालमा पहिलो पटक रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको हो ।

नेपाली टोली हेटौंडाको गौरीटारस्थित रंगशालामा बन्द प्रशिक्षणमा रहेको छ । प्रतियोगितालाई सफलतापूर्वक समपन्न गर्न नेपाल रग्बी संघको कार्यवाहक अध्यक्ष दीपक देवकोटाको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ ।

दुईदिने प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

प्रतिक्रिया