बिहीबार, वैशाख १३, २०८१

कतार विश्वकप २०२२

जापान र स्पेन समूह ई बाट नकआउट चरण प्रवेश

मेरोन्यूज २०७९ मंसिर १६ गते ३:०२

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा समुह ई बाट जापान र स्पेन नकआउट चरण प्रवेश गरेको छ ।

एसियाली राष्ट्र जापानले पूर्व विश्वकप विजेता स्पेनलाई पराजित गर्दै फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ई को विजेता बन्दै नकआउट चरण प्रवेश गरेको हो । त्यस्तै समुह चरणको अन्तिम खेलमा जापान सग पराजित भए पनि स्पेन उप बिजेता बन्दै नकआउट चरण प्रवेश गरेको छ ।

सन् १९९८ बाट विश्वकपमा सहभागिता जनाउन थालेको जापान चौथो पटक नकआउट चरणमा पुगेको हो। यो अघि सन् १९९८, २००६ र २०१४ मा भने समुह चरणबाटै बाहिरिएको थियो ।

जापानले उपाधि दाबेदार समेत रहेको र विश्वकप जितिसकेका स्पेन र जर्मनी दुबै देशलाई समुह चरणमा पराजित गरेर यसपटक समुह बिजेता बनेर नकआउट चरण पुगेको हो ।
उता,  बिहिबार नै समुह चरणको अन्तिम खेलमा कोस्टारिकालाई पराजित गरेर जित निकाले पनि जर्मनी भने समुह चरण बाट बाहिरिएको छ ।

बिहिबारको अन्तिम समुह चरणको खेलमा स्पेन लाई पराजित गर्दै दोस्रो हाफमा जापानले सानदार पुनरागमन गर्दै २-१ को जित दर्ता गर्न सफल भएको थियो ।

पहिलो हाफमा एकपक्षीय देखिएको खेल दोस्रो हाफमा भने फेरियो । स्पेनले पहिलो हाफमा बल पोसेसनमा अत्याधिक पकड जमाउँदै आक्रमक खेलेको थियो । पहिले हाफको ११ औं मिनेटमा गोल गरेर स्पेनले अग्रता लिएपनि स्पेनले पाएको थप अवसर सदुपयोग गर्न सकेन ।

त्यसको असर दोस्रो हाफमा देखियो । जापानले सुरुवाती समयमा नै लगातार गोल गर्दै स्पेनमाथि अग्रता लियो । जापानले त्यसपछि अग्रता जोगाउँदै स्पेनलाई स्तब्ध पार्यो ।

यस नतिजासँगै जापान ६ अंकसहित समूहको शीर्षस्थानमा रहेर नकआउट चरण प्रवेश गरेको हो । स्पेन ४ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाउन सफल रहयो । जर्मनीले समुह चरणको अन्तिम खेलमा कोस्टारिकालाई पराजित गरेर ४ अंक जोडेपनि गोल अन्तरमा स्पेनभन्दा पछि रहयो । स्पेनको गोल अन्तर +६ तथा जर्मनी +१ मा रहयो । कोस्टारिका ३ अंकका साथ चौथो हुँदै बाहिरियो ।

जर्मनीले कोस्टारिकालाई ४-२ को जित दर्ता गर्न सफल रहयो । तर जितका बाबजुद जर्मनी समूह चरणबाट बाहिरियो ।

चार पटकको विश्व विजेता जर्मनी समूहचरणबाटै बाहिरिएको छ । जर्मनी २०१४ को विश्वकप च्याम्पियन हो। त्यसपछि लगातार समूह चरणबाटै बाहिरिएको हो।

प्रतिक्रिया