शनिबार, वैशाख १५, २०८१

भन्सार छलीको लाखौँ रुपैयाँको सामान बरामद

मेरोन्यूज २०७९ मंसिर १५ गते १९:५३

काठमाडौँ । महोत्तरीमा प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याएको मोटरसाइकल र विभिन्न सामानहरु बरामद गरेको छ ।

आज जिल्लाको सम्सी गाउँपालिका र औरही नगरपालिकामा भारतबाट ल्याइएको ८ लाख ५४ हजार बराबरको माल सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बेवारिसे अवस्थामा ज १५ प १५७५ नम्बरको मोटरसाइकल र अर्को नम्बर प्लेट नभएको २ वटा मोटरसाइकल, खाद्यन्न समाग्री गरी उक्त मूल्यको सामाग्री बरामद गरेको प्रहरी नायव उपरीक्षक सन्तोष पोखरेलले बताए ।

भन्सार छलीको सबै सामान थप अनुसन्धानका लागि भन्सार कार्यालय जलेश्वरस्थित मालिवारा पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया