मंगलबार, वैशाख ४, २०८१

नवलपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

मेरोन्यूज २०७९ मंसिर १५ गते १९:४७

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

दलदलेबाट १४ जना यात्रु लिएर डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका ५ धौवादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी दुई जनाको घटना स्थलमै मृत्यु भएको र चालकसहित सात जना गम्भीर घाइते भएको हुप्सेकोट गाउँपालिका ५ का वडाध्यक्ष पदमबहादुर रानाले जानकारी दिए । घाइतेहरूको उद्धार गरी उपचारका लागि कावासोती लगिएको छ ।

अहिले साँझ साढे ५ बजे भएको दुर्घटनामा जिप तीन सय मिटर तल खसेकाले घाइतेको उद्धार गर्न निकै समय लागेको थियो । जिपको ब्रेक फेल भई दुर्घटना भएको अनुमान गरिएको छ । अहिलेसम्म मृतक तथा घाइतेको परिचय खुलेको छैन ।

प्रतिक्रिया