बिहीबार, वैशाख १३, २०८१

प्रधानमन्त्री भेटे लगत्तै सिके राउत प्रचण्ड भेटन खुमलटारमा

मेरोन्यूज २०७९ मंसिर १५ गते १९:४०

काठमाडौँ । मधेसमा नयाँ शक्तिका रुपमा उदाएको चन्द्रकान्त (सीके) राउत नयाँ सरकार गठनमा तानातानमा पर्न थालेका छन् । सत्ता गठबन्धन देखि एमाले गठबन्धनले समेत राउतलाई आफुसँग सहकार्यका लागि प्रस्ताव गरिरहेका बेला काठमाडौंमा राउतले भने राजनीतिक भेटवार्तालाई तिव्र बनाएका छन् ।

सरकारमा सहभागी हुने, सरकारलाई समर्थन गर्ने तर सरकारमा सहभागी नहुने र प्रतिपक्षमा बस्ने तीन वटै विकल्प खुल्ला राखेर सिके राउतको पार्टीले राजनीतिक भेटघाट तीव्र बनाईरहेको छ । आज दिउँसो कांग्रेस नेता विमलेन्द्र निधिसहित राउतले प्रधानमन्त्री शेरवहादुर देउवासँग वार्ता गरेका छन् । वार्तामा राउतसँगै प्रधानमन्त्री देउवा, निधि र कांग्रेसका उपसभापति पूर्णवहादुर खड्का वार्तामा सहभागी भएका थिए ।

वार्तामा प्रधानमन्त्रीले सरकारमा आई सहयोग गर्न राउतको पार्टीसँग औपचारिक प्रस्ताव राखेका थिए । जवाफमा राउतले आफु सरकारमा आउन सकारात्मक रहेको भन्दै आफना केही मागहरु सम्वोधन हुने अवस्था आएमा सरकारमा सहकार्य गर्न तयार रहेको जवाफ दिएका थिए ।

प्रधानमन्त्री देउवाले राउतको मागमा सकारात्मक रहेको बताएपछि राउत पनि कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा जनमत पार्टी पनि सामेल हुने भएको छ ।

भेटमा प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुन र लोकतान्त्रिक शक्तिहरुको सरकार बनाउन आग्रह गरेका थिए । छलफलको क्रममा जनमत पार्टीका अध्यक्ष राउतले आफू सत्ता गठबन्धनमा सामेल हुन सकारात्मक रहेको बताएका छन् ।

कांग्रेस नेतृत्वमा लोकतान्त्रिक सरकार गठन गर्न दुई नेताबीच सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिएका थिए ।

प्रधानमन्त्री भेटेलगत्तै राउत अहिले सत्ता गबठन्धनमै रहेको अर्काे पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसाग भेटका लागि खुमलटार पुगेका छन् । प्रचण्डसँग राउतको यो पहिलो भेटवार्ता हो । राउतले देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड मध्ये प्रचण्ड मनपर्ने नेता र अरु भन्दा क्रान्तिकारी नेता प्रचण्ड भएको बताउँदैं आएका थिए ।

प्रधानमन्त्री कार्यालयमा देउवासँगको भेट लगत्तै राउत प्रचण्ड निवास खुमलटारमा पुगेका हुन् ।

यधपी त्यहाँ प्रचण्डसँगको छलफलका भएका विषयहरु सार्वजनिक भईसकेका छैनन ।

जनमतले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १ सिट जितेको छ भने प्रदेशसभातर्फ ७ सिट जितेको छ । सो पार्टीले प्रतिनिधिसभामा समानुपातिकतर्फ समेत थ्रेसहोल्ड कटाएको छ । जसकाकारण उसको प्रतिनिधिसभामा राउत सहित ५ सांसद रहने पक्का जस्तै भएको छ ।

सरकार बनाउन दलहरुलाइृ १३८ सिट आवश्यक पर्छ । तर दुवै गठबन्धनसँग बहुमत नजुटेकोले राउतको पार्टी अहिले तानातानमा परेको छ ।

प्रतिक्रिया