बिहीबार, वैशाख १३, २०८१

दोलखामा पुनः मतदानपछि आजै मत गणना गर्ने तयारी

मेरोन्यूज २०७९ मंसिर १५ गते १९:३०
फाइल फोटो

काठमाडौँ । मंसिर ४ गतेको निर्वाचन स्थगित भएसँगै दोलखाका चार निर्वाचन क्षेत्रमा आज भएको पुनः मतदानको मत गणना आजैदेखि हुने भएको छ ।

मतदानपछि बसेको सर्वदलीय बैठकले मत गणना आजै ९ बजेदेखि गर्ने निर्णय गरेको हो । बिहीबार भएको पुनः मतदानमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । मतदानमा करिब ५० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका ६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख तथा तामाकोसी गाउँपालिका ३ जफे हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात मतदान केन्द्रमा आज मतदान गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया