बुधबार, वैशाख १२, २०८१

प्रधानमन्त्री र सिके राउतबीच भेटवार्ता, सरकार गठनमा सहकार्य गर्ने

मेरोन्यूज २०७९ मंसिर १५ गते १८:११

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेट भएको छ ।

भेटमा सकारात्मक र परिणाममुखी वार्ता भएको कांग्रेस नेता विमलेन्द्र निधिले ट्विटरमार्फत जानकारी दिएका छन् । ‘गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ,’ उनले ट्वीटरमा भने ।

यसअघि निधिले बुधबार पनि जनमत पार्टीका अध्यक्ष राउतसँग भेट गरेका थिए । चुनावमा जनमत पार्टीबाट प्रतिनिधिसभामा अध्यक्ष राउत निर्वाचित भएका छन् । उसको पार्टीले समानुपातिक पद्धतिको मत गणनामा हालसम्मको गणनामा ३ प्रतिशतको थ्रेसहोल्ड पूरा गरेको छ ।

प्रतिक्रिया