बिहीबार, वैशाख १३, २०८१

पाकिस्तानी सेना र लडाकुबीच भएको झडपमा परी दुईको मृत्यु

मेरोन्यूज २०७९ मंसिर १५ गते १७:०१

काठमाडौँ । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा पाकिस्तानी सेना र लडाकुबीच भएको गोली हानाहानमा एक सैनिक र एक आतंककारीको मृत्यु भएको सेनाले जनाएको छ ।

भिडन्तपछि आतंककारीको लुकेर बसेको ठाउँबाट हात हतियार र गोलाबारुद बरामद गरिएको सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर)ले बुधबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भिडन्तपछि मारिएका आतंककारीको लुकेर बसेको ठाउँबाट हातहतियार र गोलाबारुद बरामद गरिएको सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर)ले बुधबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मारिएका आतंककारी सुरक्षा बलहरूविरुद्ध आतंककारी गतिविधिमा सक्रिय रूपमा संलग्न थिए ।

प्रतिक्रिया