शुक्रबार, वैशाख ७, २०८१

संघ र प्रदेशमा गठबन्धनको सरकार बन्छ : मन्त्री पौडेल

मेरोन्यूज २०७९ मंसिर १५ गते १६:५१

काठमाडौँ । शिक्षा मन्त्री देवेन्द्र पौडेलले जनतासँग बाचा गरेका कामहरू आगामी पाँच वर्षमा सम्पन्न गर्ने बताएका छन् । बिहीबार ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यावाद दिँदै उनले पाँच वर्षमा जनतासँग बाचा गरेका काम सम्पन्न गर्ने बताए ।

‘यसअघि गर्न नसकेका कामहरु पनि छन्,’ उनले भने, ‘पहिलेका बाँकी काम र अहिले जनतामाझ गरेका प्रतिबद्धता आगामी ५ वर्षमा क्रमश पूरा गर्छौं ।’

संघ र प्रदेशको सरकार गठबन्धनका बन्ने बताउँदै बागलुङको विकाशका लागि गठबन्धनका नेतासँग समन्वय गरी काम गर्ने बताए । ‘प्रदेश र संघमा गठबन्धनको सरकार बनाउँछौँ,’ उनले भने, ‘गठबन्धनको सरकार हुँदा जनताका काम गर्न र समन्वय गर्न सजिलो हुन्छ ।’

चुनावपछि जनताको साझा प्रतिनिधि भएको बताउँदै पूर्वाधार विकाशमा समान वितरण हुने आश्वासन दिए । ढोरपाटन साल्झण्डी सडक, केन्द्रीय प्रशारण लाइन, पक्की पुल, ढोरपाटनको आलूलाई प्रर्बद्धनलगायतका काम जनताको चाहानाअनुसार हुने बताए ।

‘जनताका आवश्यकता धैरै छन्,’ उनले भने, ‘जनताका चाहानाअनुसार विकाश गर्छौं ।’

प्रतिक्रिया