शुक्रबार, वैशाख १४, २०८१

बलात्कारको आरोपमा वृद्ध पक्राउ, पुरुषको खोजी हुँदै

मेरोन्यूज २०७९ मंसिर १५ गते १६:१०

काठमाडौँ । बलात्कारको आरोपमा उदयपुरको चौदण्डीगढी नगरपालिका ४ बर्खे डाँडा बस्ने ६१ वर्षीय ज्ञान बहादुर बिसुङ्खेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

ज्ञान बहादुर र सोही ठाउँ बस्ने ३५ वर्षीय टिकाराम बिसुङ्खेले २३ वर्षीय महिलालाई बलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूमध्ये ज्ञान बहादुरलाई पक्राउ गरेको हो ।

हाल फरार टिकारामको खोजी भइरहेको छ । साथै, घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया