शुक्रबार, चैत १६, २०८०

स्माटच्वाईस टेक्नोलोजिज र शुलभ पेबीच सेवा संचालनसम्बन्धी सम्झौता

मेरोन्यूज २०७९ मंसिर १५ गते १६:००

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र शुलभ पे (एन क्याश वालेट)बीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा संचालनका लागि सम्झौता भएको छ ।

एक कार्यक्रमका बीच स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र शुलभ पेका तर्फबाट प्रबन्ध निर्देशक सतिश पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

विगत दुई दशकदेखि कार्डलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्ट च्वाइस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्ता माझ लोकप्रिय शुलभ पेबीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

सम्झौतापछि शुलभ पे (एन क्याश वालेट) प्रयोगकर्ताले शुलभ पे वालेटमार्फत स्मार्ट क्यूआर मर्चेण्टहरूलाई भुक्तानी गर्न सक्ने छन् । शुलभ पेमार्फत विभिन्न व्यापार व्यवसायमा संलग्न व्यवसायीहरूले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्ने छन् ।

इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सियल स्वीचमार्पmत कारोबारको भुक्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।

Advertisement

प्रतिक्रिया