मंगलबार, वैशाख ११, २०८१

नेप्से परिसूचकमा दोहोरो अंकले वृद्धि

मेरोन्यूज २०७९ मंसिर १५ गते १५:३७

काठमाडौँ । नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११.२२ अंकले उकालो लागेर एक हजार ९६१.६ मा पुगेको छ ।

आज कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । यस्तै, १० उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका २४१ कम्पनीको ३८ लाख ६५ हजार ९६१ कित्ता शेयर एक अर्ब ३२ करोड २९ लाख ७२ हजार १८५ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । त्यस्तै एनसीसी बैंकको संस्थापक शेयर आठ करोड १३ लाख ५९ हजार ११५, हिमाल दोलखा हाइड्रोपावर सात करोड ७१ लाख ९४ हजार २३५, हिमालयन डिस्टिलरी सात करोड दुई लाख १५ हजार ८५०, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था चार करोड ४९ लाख ६० हजार ३२७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

प्रतिक्रिया